नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ । दुई अध्यक्षबीच पार्टीमा देखिएको नयाँ विवाद समाधानका विषयमा छलफल भइरहेको बुझिएको छ ।

नेकपाभित्र दुर्घटना टरेर सहमति निकालेपनि नयाँ विवादहरु जन्मन थालेका छन् । मन्त्रिमण्डल पुर्नगठनमा दुई अध्यक्ष छलफल गर्दै आएकोमा अहिले अन्यत्र ध्यान मोड्ने गरी विवाद निस्किएको छ ।

हिजो कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै प्रदेशसभा सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सृजित नयाँ विवाद समाधानका लागि ओली र प्रचण्ड बस्ने तय भएको थियो । त्यसै अनुसार विहानबाट वार्ता चलेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!