आइतबार, आश्विन २५, २०७७ || 570  पटक पढिएको

भारतको वेश्यालयमा युवती बेच्ने कार्यमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वेचविखन अनुसन्धान ब्यूरोले मुद्धा चलाएको छ । विसं २०७२ मा महिलालाई भारत लगेर बिक्री गरेको भनी प्राप्त उजुरीका आधारमा ब्यूरोले सिन्धुपाल्चोकको मेलम्ची बस्ने ५२ वर्षीय टाउटाउ तामाङलाई मानव वेचविखनसम्बन्धी मुद्धा चलाएको हो । उनले निम्न वर्गीय परिवारकी २० वर्षिय युवतीलाई आकर्षक तलब आउने जागिर लगाइदिने लोभ देखाएर भारतमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।

शक्ति समूहको जानकारीका आधारमा खोजी अभियान चलाउँदा उनलाई काठमाडौँको गोकर्णेश्वरबाट शुक्रबार पक्राउ गरिएको हो । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कसुर गरेको आरोपमा उनलाई काठमाडौँ जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार तामाङले २०७२ सालमा महिलालाई बेचेका थिए । विसं २०७६ मा शक्ति समुहको पहलमा महिलाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!