आइतबार, आश्विन २५, २०७७ || 835  पटक पढिएको

विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गरेको छ ।
विराटनगरमा आयोजित कार्यक्रममा नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरेको हो । संगमले हरेक वर्ष साहित्यकारलाई सम्मान गर्दै आएको छ । यसैलाई निरन्तरता दिदै यस वर्ष यमुनादेवी–वैजनाथ भट्टराई स्मृति विराट साहित्य संगम पुरस्कारबाट पाण्डेलाई सम्मान गरिएको हो । पाण्डेलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ नगद प्रदान गरिएको थियो ।

त्यस्तै संगम मासिक पत्रिकामा नियमित रचनाहरु प्रकाशन गरि सहयोग गर्ने सुनसरी इनरुवाका साहित्यकार खेमराज खनाल (खखेरा)लाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । खखेरालाई दोसल्ला ओढाएर नगद २ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । दुवैजना स्रष्टालाई प्राध्यापक हरिहर भण्डारी, आयोजक संस्थाका अध्यक्ष ऋतु आसिक, कविता चापागाईंलगायतले सम्मान गरेका थिए । सोही समारोहमा साहित्यकार भवानीप्रसाद पोखरेलले चौथो कृति सपना कथासंग्रहको विमोचन गरिएको थियो । संग्रहमा २१ वटा कथाहरू समेटिएका छन् । विमोचित कृतिका विषयमा हरि कट्टेल र ममता श्रेष्ठले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको संगमका सचिव गोपाल निर्भिकले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!