शुक्रबार, माघ ०३, २०७६ || 1120  पटक पढिएको

हिपमत डटकम
सुनसरी, माघ ०३ गते :सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुतली टोल बस्ने डिक बहादुर थापाको ६ बर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ । बिहिवार अपरान्ह साँढे ४ बजेको समयमा राम बहादुर दुलालको घरमा रहेको को २ त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी सव परिक्षणको लागि घोपा पठाएको छ भने चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!