आइतबार, आश्विन २५, २०७७ || 748  पटक पढिएको

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३१ हजार ३ सय १५ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण भएका छन् । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १७ हजार ६ सय ६६ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्यले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
शनिबार नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!