आइतबार, आश्विन २५, २०७७ || 838  पटक पढिएको

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्रमोदी’ फेरि रिलिज हुँदैछ । लकडाउनपछि १५ अक्टुबरदेखि भारतका सिनेमा घरहरु खुल्दैछन् र त्यहाँ रिलिज हुने यो पहिलो फिल्म हुनेछ । यो फिल्म अघिल्लो वर्ष मेइमा रिलिज भएको थियो । यसमा विवके ओबराय मोदीको भूमिकामा छन् । फिल्म समीक्षक एवं फिल्म व्यापार विश्लेषक तरण आदर्शले शनिबार सामाजिक सञ्जालमार्फत फिल्म दोस्रोपटक रिलिज हुने समाचारको पुष्टि गरेका छन् ।

उनले ट्वीट गरेका छन्, ‘पिएम नरेन्द्र मोदी आगामी साता सिनेमाघरहरुमा फेरि रिलिज हुनेछ ।’ फिल्मको आधिकारित पोस्टरमा फेरि फिल्म रिलिज गरिने उल्लेख छ । आदर्शले शेयर गरेको नयाँ पोस्टरमा विवेक ओबराय ठ्याक्कै मोदीजस्तै देखिएका छन् ।
गत वर्ष मेई २४ मा यो फिल्म रिलिज भएको थियो । फिल्ममा बोमन ईरानी, मनोज जोशी, बरखा विष्ट, प्रशान्त नारायण र जरिना वहावको पनि अभिनय छ । सन्दिप सिंह, सुरेश ओबराय र आनन्द पण्डितद्वारा निर्मित यस फिल्ममा मोदीको राजनीतिक यात्रा देखाइएको छ । यस बायोपिकको निर्देशन ओमंग कुमारले गरेका हु्न् ।

अघिल्लो वर्ष लोकसभा चुनावअघि यो फिल्म रिलिज गरिने तय थियो, तर आचार संहिताका कारण फिल्म प्रदर्शनमा रोक लगाइयो । यसपछि यो फिल्मले २४ मेईमा रिलिज भयो । तर बक्स अफिसमा राम्रो व्यापार गरेन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!