कोरोना भाइरस महामारीका कारण विश्वका धेरै दिग्गज कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई कार्यालय नआइकन घरबाटै काम गर्न पाउने अर्थात् ‘वर्क फ्रम होम’को सुविधा दिइरहेका छन् । इन्टरनेटको दुनियामा प्रविधिका धेरै कामहरु गर्नका लागि कार्यालय धाइरहनु पर्दैन र घरमै बसेर भर्चुअल्ली नै गर्न सकिन्छ । कर्मचारीहरु संक्रमणको जोखिममा नपरुन् र कार्यसम्पादनमा समेत असर नपरोस् भन्नका लागि गुगल, फेसबुक तथा माइक्रोसफ्ट जस्ता कम्पनीहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न पाउने सुविधा दिइरहेका छन् । वर्क फ्रम होमको यो नीति महामारीको अवस्था सामान्य नभएसम्म जारी नै रहने देखिन्छ ।

तर माइक्रोसफ्टले भने अवस्था सामान्य भएपछि पनि आफ्ना कर्मचारीहरुलाई स्थायी रुपमै कार्यालय नआइकनै आफूले चाहेको ठाउँ वा घरबाटै काम गर्न पाउने सुविधा प्रदान गर्ने भएको छ । माइक्रोसफ्टका अनुसार म्यानेजरको स्विकृति पश्चात् कर्मचारीहरुले स्थायी रुपमै घरबाट काम गर्न पाउने विकल्प प्राप्त गर्नेछन् ।

यसअघि फेसबुक र ट्वीटरले समेत घरबाटै काम गर्ने सुविधा भविष्यमा सधैंका लागि उपलब्ध गराउने संकेत गरेका थिए । गत मे महिनामा फेसबुक सिइओ मार्क जुकरबर्गले आगामी ५ देखि १० वर्षसम्म कम्पनीका आधाजसो कर्मचारीले कार्यालय बाहिर अर्थात् घरबाटै काम गर्नसक्ने प्रक्षेपण गरेका थिए ।

उता धेरैजसो कर्मचारीहरुले घरबाटै काम गर्ने भएपछि कार्यालयका लागि उपयोग भैरहेको ठाउँ पनि अधिकांश कम्पनीहरुका लागि बढी भएको छ । जसका कारण उनीहरुले कार्यालयको लागि प्रयोग भएको क्षेत्रफल समेत घटाउने तयारी गरेका छन् ।

आफ्ना कर्मचारीहरुलाई पठाएको सन्देशमा माइक्रोसफ्टले डाटा सेन्टर व्यवस्थापन लगायतका हार्डवेयरको क्षेत्रमा काम गर्ने कर्मचारीहरु कार्यस्थलमा जानैपर्ने अवस्था हुने भएपनि अन्य धेरै कर्मचारीले निरन्तर रुपमा घरबाटै काम गर्ने सुविधा पाइरहने छन् । स्थायी रुपमा ‘वर्क फ्रम होम’ अबलम्बन गर्न नचाहने कर्मचारीले आंशिक समय कार्यालयमा आउने र आंशिक समय घरबाटै काम गर्न समेत पाउनेछन् । र, यसो गर्दाचाहिँ हाकिमको स्विकृति लिनुपर्ने छैन । यस्तो विधिलाई ‘हाइब्रिड मोडेल’ भनिएको छ ।

नयाँ निर्देशिकाको बारेमा बोल्दै माइक्रोसफ्टका प्रवक्ताले कर्मचारीहरुकै सुझावका आधारमा कम्पनीले आफ्नो रणनीति अख्तियार गर्दै आएको भन्दै कर्मचारीहरुको वैयक्तिक कार्यढाँचा तथा व्यवसायिक आवश्यकतालाई कम्पनीले सहजता प्रदान गर्ने बताए । हाल माइक्रोसफ्ट कम्पनीमा १ लाख ६६ हजार कर्मचारीले काम गर्दै आएका छन् ।

–एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!