आइतबार, आश्विन २५, २०७७ || 887  पटक पढिएको

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-२ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक ब्याक्ती पक्राउ परेका छन । पक्राउ पर्नेमा ४० बर्षीय छत्र बहादुर गिरी रहेका छन । गत शुक्रबार विहान ५ बजे गिरीले आफ्नै श्रीमती ४४ बर्षीया ज्ञान कुमारी गिरीको हत्या गरेका थिए । आफ्नै घरमा बसिरहेको अवस्थामा विहानी पख उनिहरु विच घरायसी विषयमा सामान्य बादविबाद हुदा छत्रबहादुरले एक्कासी मसला पिस्ने लोहोरोले ज्ञान कुमारीलाई कन्चटमा प्रहार गर्दा उनि गम्भीर घाईते भएकी थिईन ।

घाईते ज्ञान कुमारीलाई थप उपचारको लागी गाडीमा काठमाण्डौ लैजादै उर्दा सोहि दिन दिउसो सवा २ बजे उनको बाटोमै मृत्यु भएको थियो । यता श्रीमतीलाई लोहोरोले कन्चटमा प्रहार गरेर छत्रबहादुर भने फरार रहेका थिए । फरार रहेका उनलाई हिजो विहान खोटाङकै एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनि उपर कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!