शनिबार, आश्विन २४, २०७७ || 495  पटक पढिएको

बार्सिलोनाको व्यवहारका कारण रुन बाध्य भएको टिप्पणी लुईस सुआरेजले गरेका छन् । उरुग्वेका स्टार सुआरेजका अनुसार बार्सिलोनामा अन्तिम सातातिर क्लबले निकै खराब व्यवहार गरेको थियो । उनलाई अभ्यास खेलहरुमा पनि समावेश हुन दिइएको थिएन ।

बार्सिलोनामा ६ वर्ष बिताउँदै १ सय ९८ गोल गरेका सुआरेज गत सातामात्रै एथलेटिको म्याड्रिडमा आबद्ध भएका थिए । उनी बार्सिलोनाका सर्वकालिन सर्वाधिक गोलकर्ताको सुचीमा तेस्रो स्थानमा छन् । तर, यसका बाबजुद बार्सिलोनाले उनलाई सम्झौता सकिनभन्दा एक वर्ष बाँकी छँदै क्लबबाट निस्कन बाध्य बनायो । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले सुुआरेज आफ्नो नयाँ योजनाको हिस्सा नरहेको सार्वजनिक रुपमै बताएका थिए ।

‘ती दिनहरु निकै कठिन थिए । जे हुँदै थियो, त्यो देखेर म रोएको थिएँ,’ विश्वकप छनोटमा उरुग्वेले चिलीविरुद्ध २–१ को जित निकालेपछि सुआरेजले प्रतिक्रिया दिए ।

‘के भएको थियो भनेर सबैलाई थाहा छैन । तर, सबैभन्दा खराब कुरा अभ्यासमा जानु र त्यहाँ अन्य सबैको समुहभन्दा फरक स्थानमा राखिनु थियो किनकी मलाई अभ्यास खेल खेल्ने अनुमति थिएन । मेरी श्रीमतीले म कति दुखी थिएँ भनेर देख्न सक्थिंन् र उनी म फेरि खुसी भएको देख्न चाहन्थिंन् । जब एथलेटिकोमा आबद्ध हुने मौका आयो, तब ममा कुनै दुविधा थिएन ।’

एथलेटिकोबाट आफ्नो डेब्यु खेलमा सुुआरेजले ग्रानाडाविरुद्ध दुई गोल गरेका थिए, यो खेल एथलेटिकोले ६–१ ले जित्यो । बार्सिलोनाका कप्तान लियोनल मेसी भने उनीप्रति सकारात्मक थिए ।

‘तिमी जो हौं, त्यसका लागि तिमी सुहाउँदो बिदाईका हकदार थियौं । क्लबको इतिहासका अति महत्वपूर्ण खेलाडीमध्ये एक, जसले टिमका लागि व्यक्तिगत रुपमा पनि धेरै उपलब्धि हासिल गरेको छ,’ मेसीले इन्स्टाग्राममा लेखेका थिए,‘उनीहरुले तिमीलाई जसरी बाहिर फाले, तिमी त्यसको लायक थिएनौं । तर, साँचो यही हो कि यो अवस्थामा मलाई केही कुराले आश्यर्च पार्दैन ।’

मेसीको प्रतिक्रिया आफुलाई नौलो नलागेको सुआरेजले बताएका छन् । ‘मेसीले सर्वाजनिक रुपमा मेरो समर्थन गर्दा मलाई अनौठो लागेन किनकी म उनलाई राम्रोसँग बुझ्छु,’ सुआरेजले भने,‘मलाई भोगिरहेको दुख उनले बुझेका थिए ।

मलाई निकाल्दा अति दुख पुुगेको थियो भन्ने उनले महसुस गरेका थिए । उनीहरुले जे गरेका थिए त्इो सही थिएन र मेसीलाई म र मेरो परिवार कसरी प्रताडित भएको थियो भन्ने थाहा छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!