अर्मेनिया र अजरबैजान युद्धविरामका लागि तयार भएका छन् । मस्कोमा शनिबार बिहानदेखि सुरु भएको १० घण्टाको लामो वार्तापछि दुवै पक्ष युद्धविरामका लागि तयार भएको रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले बताएका छन् । सीमा क्षेत्र नार्गोनो–काराबाख क्षेत्रमा दुई हप्तादेखि भइरहेको तनाव तत्कालका लागि रुसी मध्यस्थतामा अन्त्य हुने देखिएको छ ।

रुसी विदेशमन्त्रीका अनुसार रेडक्रसले द्वन्द्वग्रस्त क्षेत्रमा मध्यस्थता र मानवअधिकारका कार्यक्रम सञ्चालन गर्नेछ । गत सेप्टेम्बर २७ यता सुरु भएको दुई देशबीचको युद्धमा करिब ३ सय जनाको मृत्यु भएको हजारौंको संख्यामा मानिसहरु घरविहीन भएको अलजजीराले उल्लेख गरेको छ । २०१६ देखि उक्त सीमा क्षेत्रमा दुई देशबीच पटक–पटक झडप हुँदै आए पनि पछिल्लो पटक युद्धकै स्तरमा दुवै देशद्वारा गोली हानाहान र ड्रोन आक्रमण भएको हो ।

रुसी विदेशमन्त्री लाभ्रोमले वार्ताको पूरा विवरण बताएनन् तर युरोपेली सुरक्षाका लागि साझेदारी (ओएससीई) को मिन्स्क समूहले दुई देशबीच शान्ति पुन:स्थापनाका लागि पहल गर्ने बताए । मस्कोमा अर्मेनिया र अजरबैजानका विदेशमन्त्री सहभागी थिए ।

के हो विवाद ?

नागोर्नो–काराबाख पहाडी क्षेत्र हो । आधिकारिक रुपमा यो अजरबैजानको हिस्सा भए पनि सन् १९९४ को युद्धपछी यस क्षेत्रमा अर्मेनियाले कब्जा गर्दै आएको छ । पूर्व सोभियत संघको हिस्साका रुपमा रहेका अर्मेनिया र अजरबैजान नागोर्नो–काराबाख क्षेत्रलाई लिएर सन् १९८० र ९० को दशकको सुरुवातमा एकअर्काबीच लडेका पनि थिए । त्यस अवधिमा करिब ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । १९९४ मा भएको युद्धविरामपछि पनि दुई देशबीच लगातार गतिरोध जारी रहेको छ ।

नागोर्नो–काराबाख क्षेत्रको क्षेत्रफल ४ हजार ४ सय वर्गकिलोमिटर रहेको छ । अन्तर्राष्ट्रि रुपमा यस क्षेत्रलाई अजरबैजानकै हिस्साका रुपमा मान्यता दिए पनि यस क्षेत्रमा बढी बसोबास भने अर्मेनियाली मूलकै बासिन्दाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!