खबर ठुलो छ

केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो । विराटनगर–११ निवासी सापकोटा विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय थिए । विशेष गरी हाँस्यव्यङ्ग्य विधामा कलम चलाउने सापकोटाका ‘हाईसञ्चो’ र ‘अलख निरञ्जन’ दुई वटा हाँस्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित छन् । भाषाशास्त्री महानन्द सापकोटाका सुपुत्रका रुपमा वि.सं. १९९७ वैशाख १ गते धरानमा जन्मिएका सापकोटा २०१९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी २०४९ सालमा वरिष्ठ वन अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।
समसामयिक विषयमा तीखो प्रवाह गर्न सिपालु सापकोटाले कविहरूलाई समेत व्यङ्ग्य गर्न पछि नपर्ने प्राज्ञ विवश पोखरेल बताउँछन् । “कविहरूका चरित्रका विषयलाई समेत लावण्य दाइले आफ्नो लेखनमा उतार्नुभएको थियो,” पोखरेलले भने, “लावण्य सापकोटा कार्यक्रममा भएपछि अर्कै रौनक देखिन्थ्यो ।” साहित्यिक गोष्ठी भनेपछि सापकोटा हुरुक्कै हुन्थे । पछिल्लो समय शारीरिक अस्वस्थता हुँदाहुँदै पनि कार्यक्रममा जाने गर्दथे । निरन्तरतको लगावकै कारण सापकोटाले हाँस्यव्यङ्ग्य साहित्यमा छुट्टै छाप छाडेर गएको वरिष्ठ समालोचक दधिराज सुवेदीको ठम्याइ छ ।
पत्रकारसमेत रहेका युवाकवि मीनकुमार नवोदितले सापकोटाको अवसानले विराटनगरको हाँस्यव्यङ्ग्य क्षेत्र खाली भएको प्रतिक्रिया दिए । हाँस्यव्यङ्ग्य साहित्यमा सापकोटालाई चुनौती दिने विराटनगरमा कोही पनि नभएको नवोदितको भनाइ छ । “विराटनगरको हाँस्यव्यङ्ग्य साहित्य टुहुरोजस्तै भएको छ,” उनले भने, “उहाँको अवसानसँगै खाली भएको हाँस्यव्यङ्ग्यको स्थान परिपूर्ति हुन निकै समय लाग्छ ।” सरल भाषाशैलीमा तीखो व्यङ्ग्य गर्न खप्पीस सापकोटाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको शुक्रबार विराटनगर होटखोलास्थित श्मशान हाटमा अन्त्येष्टि गरिएको छ ।

शुक्रबार, आश्विन २३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया