शुक्रबार, आश्विन २३, २०७७ || 716  पटक पढिएको

१९औं पटक अनसन बस्नु भएका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबिच आज सहमति भएको छ ।  दुबै वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि आजै अनसन तोड्ने तयारी रहेको उच्च स्रोतले बताएको छ । दुबै टोलीका अनुसार बिहीवार नै सहमती नजिक पुगिसकेका थिए तर डा. केसीको ६ बुँदे मागको चौथो बुँदामा कुरा नमिले पछी सहमति हुन नसकेको थियो ।  आज दुबै पक्षले आन्तरिक परामर्श गरेपछि कुरा मिलेको हो । स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!