शुक्रबार, आश्विन २३, २०७७ || 585  पटक पढिएको

सन् २०२० को नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)लाई प्रदान गरिएको छ । शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो । डब्ल्यूएफपीलाई यो पुरस्कार भोकमरीविरुद्धको प्रयास, युद्धग्रस्त क्षेत्रको अवस्थामा सुधारको लागि पुर्‍याएको योगदान र भोकमरीलाई द्वन्द्व तथा युद्धको हतियार बन्नबाट रोक्न गरेको कामको कदर गर्दै डब्ल्यूएफपीलाई यो पुरस्कार दिने निर्णय गरिएको हो । नोबेल शान्ति पुरस्कार यसअघि २४ संस्थाहरुलाई प्रदान गरिइसकेको छ । यससँगै यस वर्षका लागि अहिलेसम्म पाँच विधामा नोबेल पुरस्कारको घोषणा भइसकेको छ । आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!