सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो । तर शुक्रबार थप वार्ता हुन सकेको छैन । डा. केसी पक्षले अपराहृन ४ बजेसम्म वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ । २९ भदौदेखि अनसन बसेका डा. केसीलाई श्वासप्रश्वासमा थप कठिनाइ भएको छ भने शरीरमा अक्सिजनको मात्र पनि कम भएको चिकित्सकहरुले बताएका छन् । निमोनिया हुनसक्ने लक्षणहरु देखिएकाले थप परीक्षण भइरहेको छ । डा. केसीको छातीको सिटीस्क्यान गनुपर्ने मेडिकल टिमका इन्चार्ज डा. सुवास आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!