शुक्रबार, आश्विन २३, २०७७ || 634  पटक पढिएको

जिल्ला कारागार मोरङका २० वर्षीय बन्दी युवकको शुक्रवार विहान १० बजे कोशी अस्पातलमा उपचारको क्रममा मृत्यु भएको छ ।
कारागारमा युवकलाई स्वास्थ्यमा समस्या देखेपछी बिहीबार बिहान अस्पताल भर्ना गराएको थियो । सोही दिन बेलुकी ९ बजे कोरोना पोजेटिभ पुष्टि भएको कोशी अस्पताल विराटनगरका आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले बताएका छन् ।  चिकित्सकका अनुसार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा आईसीयू बेड खाली नभएका कारण अस्पतालकै आइसोलेसनमा राखेर युवकको उपचार भइ रहेको क्रममा मृत्यु भएको छ ।  जिल्ला कारागार मोरङका जेलर सुवास लामिछानेका अनुसार मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेका थिए ।  १५ असोजमा कारागारमै रहेका २७ वर्षीय पुरुषको समेत मृत्यु भएको थियो । ९१८ जना कैदी बन्दी रहेको कारागारमा पाँच जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!