शुक्रबार, आश्विन २३, २०७७ || 898  पटक पढिएको

डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीचको वार्ता जारी नै छ । जारी वार्ता सकारात्मक रहेको र आज शुक्रबारसम्म सहमतिमा पुग्ने डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभएको छ । वार्ता सकारात्मकरुपमा चलिरहे पनि सत्याग्रही डा केसीलाई सास फेर्न गाह्रो भएर अक्सिजनको मात्रा बढाउनुपरेको उपचारमा संलग्न डा। तोसिमा कार्कीले जानकारी गराउनुभएको छ ।

वार्तामा उठेका सवालमाथि थप गृहकार्य गर्नुपरेकाले दुवै पक्ष आन्तरिक छलफलमा जुटेको, वार्ता रातिसम्म भए पनि टुंग्याउने तयारीमा लागेको वार्तामा सहभागी डा केसी पक्षका प्रितम सुवेदीले बताउनुभएको छ । बँुदागत छलफल र सहमतिको बुँदा दुवै पक्षको आन्तरिक छलफलबाट टुंगो लगाउन समय लाग्न सक्ने संकेत गर्दै उहाँले वार्ता सकारात्मक भएको बताउनुभयो ।

चिकित्सा शिक्षाको सुधारको माग राख्दै १९औं पटकको अनसनमा बस्नुभएका डा. केसीको जीवन बचाउनका लागि २५औं दिनमा चौतर्फी दबाब भएपछि बुधबार गठन गरिएको सरकारी वार्ता टोलीसँग केसीका तर्फबाट तोकिएका वार्ताटोलीको बिहीबार बिहान १०ः३० देखि शुरु भएको छलफल राति अबेर चलिरहेको छ ।

वार्ता टोलीमा सरकारका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजनमा गुणराज लोहनी, स्वास्थ्य मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मासहितको तीन सदस्य रहेका छन् ।

त्यसैगरी अनशनरत डा. केसीका तर्फबाट संयोजक डा जीवन क्षेत्री, सदस्यहरु डा. अञ्जनीकुमार झा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, डा. लोचन कार्की, नेपाल चिकित्सक संघका अध्यक्ष, ओम प्रकाश अर्याल कानूनविद्सहितको टोली रहेको छ । वार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भइरहेको डा. केसीका सहयोगी प्रितम सुवेदीले बताउनुभयो ।

डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको डा। केसीको उपचार गर्दै आउनुभएका टीमका  संयोजक प्राडा सुवासप्रसाद आचार्यका अनुसार डा। केसीको शरीरमा रक्तचापमा पनि कमी आएको बिहीबार जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!