शुक्रबार, आश्विन २३, २०७७ || 612  पटक पढिएको

विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । रंगेली नगरपालिका ४ का ७२ वर्षीय पुरुषको बुधबार राति साढे ९ बजे र सुनसरीको धरान उपमहानगरपालिका १२ का ४५ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो । रंगेलीका कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना गरी आईसीयूमा राखेर उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । वृद्ध थाइराइड र फोक्सोसम्बन्धी दीर्घ रोगी रहेको उनको भनाइ छ । धरानका ४५ वर्षीय पुरुषलाई श्वास फेर्न गाह्रो भएपछि असोज १७ गते उपचारका लागि अस्पताल आएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको  थियो । उनमा अन्य कुनै किसिमको रोग नभएको दाहालले सुनाए । प्रदेश १ मा योसँगै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!