नेपाल मात्र नभई बिश्व नै यतिबेला कोरोना महामारीको चपेटामा गुज्रि रहेको छ । तर नेपालीहरुको महान चाड वडा दशैं नजिकै आई रहेको छ । यस्तो बेलामा देश बिदेशका आफन्तहरु जम्मा भएर मनाउँने गर्दछन् तर यसपाली भने सरकारले जो जहाँ छ सकेसम्म त्यही दशैं मनाऔं भनिरहेको छ । यही बेलामा चर्चित लोक गायक राजु परियार र शान्ता कार्की स्वरमा “गाउँमै मनाउ दशैं तिहार” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा लय तथा संगीत रिमेश कुमार थापा, शब्द जीवन प्याकुरेल, संगीत संयोजन विजय थापा र मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी.को अभिनय , अमन बडुको छायाँकन र लक्ष्मण चौहानको सम्पादन छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि. ए. आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!