बिहिबार, आश्विन २२, २०७७ || 750  पटक पढिएको

सिरहाका नवराजपुर गाउँपालिका–५ की मुर्तीदेवी यादवलाई बोक्सीकी आरोपमा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ भदौ २७ गते मुर्तीदेवी यादवलाई मध्यराती घरबाट बोलाई सोही ठाउँका धर्मनाथ यादवको घरमा लगेर बोक्सी भन्दै ८ जनाले सामूहिक कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गरेका मध्ये सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

कुटपिट पश्चात फरार रहेका यादवलाई पिडित महिलाको श्रीमान् रामनारायण यादवको जाहेरीको आधारमा पक्राउ गरिएको (डिएसपी) पौडेलले बताए ।  आरोपीलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल भारत सीमा क्षेत्र ठाडीबाट पक्राउ गरिएको छ ।  कुटपिटबाट पीडित मुर्तीदेवी यादवको २ वटा दाँत भाँच्चिएको थियो । उक्त घटनामा संलग्न कृष्ण यादव, धर्मनाथ यादव लगायतका आरोपीहरुको खोजीकार्य भइरहेको र पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!