कोरोनाभाइरसको महामारीमा बच्चा जन्माउन लागेका आफ्ना नागरिकलाई सिंगापुरले प्रोत्साहन भत्ता स्वरुप रकम उपलब्ध गराउने भएको छ । सिंगापुरका उप प्रधानमन्त्रीले उक्त प्रोत्साहन भत्ताले महामारीका बेला आर्थिक समस्या झेलिरहेका र जागिरको चिन्तामा भएका आफ्ना नागरिकको समस्या थोरै भएपनि समाधान गरिदिने आशा राखेका छन् । ‘कोभिड–१९ का कारण सन्तानको चाहमा भएका भावी अभिभावकले आफ्नो योजना स्थागित गरेको भन्ने प्रतिक्रिया पाइरहेका छौं,’ सोमबार हेङ्ग स्वी किटले भने । ‘यो कुरा हामीले राम्रोसँग बुझेका छौ, विशेषगरी जब तपाईंको आय स्रोतको कुनै भर छैन भने,’ उनले भने । हेङ्गले अभिभावकलाई आर्थिक सहायता प्रदान गर्ने जानकारी दिएपनि कति दिने भन्ने बारे अहिले नै निर्णय नभइसकेको बताए । – सीएनएन