खबर ठुलो छ

राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भदौ २९ गतेदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेको प्रति पनि आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा आयोगको अनुगमनमा डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरेको पाइएको पनि उल्लेख गरेको छ । ‘डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयको टोलीले आज महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी अनुगमन गरेको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा नेपाल सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । आयोगले डा. केसीको स्वास्थ्य अवस्था एवम् नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई पत्राचार गरेको पनि जनाएको छ ।

आयोगले केसीसँग विगतमा गरिएका सम्झौताको पालना गर्न र उनको स्वास्थ्य तथा उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । ‘वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । आयोगले आफ्ना मागहरु पूरा गराउन आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि डा. केसीलाई आग्रह गरेको छ । डा. केसीको १९ औं अनशनको बुधबार २४ औं दिन भए पनि सरकारले अनशन तोड्न आग्रह गर्नेबाहेक वार्ता टोलीसमेत गठन गरेको छैन ।

बुधबार, आश्विन २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया