अख्तियार दुरूपयोग पदाधिकारी खाली भएसँगै सत्तापक्षले आफ्नो लागि काम गर्ने मान्छे खोजी गरेर गरेर भर्ना गर्न लागिरहेको नेपाली कांग्रेसका उपाध्यक्ष बिमलेन्द्र निधीले आरोप लगाएका छन् ।

अख्तियारको प्रमुख आयुक्त र आयुक्त कस्ता व्यक्तिलाई बनाउने भनेर हामीले संविधानमै न्यूनतम योग्यता तोकेका छौं। संविधानमा तोकिएका ४-५ वटा क्राइटेरिया छ। तर त्यो क्राइटेरियाका आधारमा योग्य भएका व्यक्तिहरूको नियुक्ति अझसम्म हुन सकेकै छैन।

हामीले अख्तियारमा संविधानले तोकेका योग्यताका आधारमा नियुक्ति गर्न सकेको भए यो संस्था अहिले बलियो हुन्थ्यो। भ्रष्टाचार नियन्त्रणमा आउँथ्यो, सुशासन कायम हुन्थ्यो।

अहिलेको सत्तापक्षले न्यायपालिका, अख्तियार, निर्वाचन आयोगलगायत संवैधानिक अंगलाई आफ्नो मान्छे भर्ना गर्ने केन्द्र बनाएको छ। उसको ध्याउन्न खाली ती संस्थामा आफ्नो मान्छे कसरी ल्याउने र आफ्नो इशारामा कसरी काम गराउने भन्ने  आफ्नो बिचार नेता  निधीले सेतोपाटीमा  सार्वजानिक गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!