बिहिबार, माघ ०२, २०७६ || 3956  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, २ माघ : दुबईमा भएको बस दुर्घटनामा छ जनाको मृत्यु भएको छ । आज विहान अल राह रोडमा भएको घटनामा चालकदलका सदस्यसहित २४ जना चढेको बस ट्रकसँग ठोक्किदा दुर्घटनामा परेको थियो ।ट्रक रोकिएको र तिव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाको भिडियो दृश्य हेर्दा बस चालकको लापरबाही देखिन्छ ।नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत कृष्णप्रसाद ढकालले बसमा १८ जना नेपाली यात्रा गरिरहेको जानकारी दिएका छन् । २४ यात्रीमध्ये १८ नेपाली यात्री रहरेकाले मर्नेहरुमा नेपाली पनि रहेको बुझिएको छ । पाँच जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको बुझिएको छ ।राजदूत ढकालले घटनामा ज्यान गुमाउनेहरु कुन कुन देशका नागरिक हुन् भन्नेबारे अझै जानकारी नआइसकेको बताए । स्थानीय समय अनुसार विहान साँढे पाँच बजे घटना भएको थियो ।{ https://www.facebook.com/gulftoday/videos/1886522988158307/ }

https://www.facebook.com/gulftoday/videos/1886522988158307/

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!