पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जाती/भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई उनले भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन् ।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति÷भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो ?’

भट्टराई थप प्रश्न गर्छन्, ‘…भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’

विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै भट्टराईले तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य गरेका छन् । उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका छन् ।

अनलाईन खबरबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!