बुधबार, आश्विन २१, २०७७ || 1054  पटक पढिएको

सिरहा जिल्लाको मिर्चैयामा नेपाली कांग्रेसका संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । मिर्चैया नगरपालिका वडा नं.२ मल्हनिया खोरीमा नेकपा पार्टी परित्याग गरि २ सय ५० जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।  कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रशिक्षण विभागका प्रदेश संयोजक मो. मुखतार अहमदले युवाहरूलाई फुलमाला तथा अबिर लगाई स्वागतका साथ पार्टी प्रवेश गराएका हुन् । मिर्चैया नगपालिका वडा नं. २ नेपाली कांग्रेसका वडा सभापति इन्द्र बहादुर पण्डितको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा सोही दिन तरुण दल वडा समिति समेत गठन गरिएको हो । राजेन्द्रप्रसाद कापरी (झिलमा) अध्यक्ष तथा उपाध्यक्षमा जय कुमार ठाकुर, सचिवमा धनेशवर मण्डल, सह–सचिवमा रमणीय कापरी, सदस्यमा सुरेश पण्डित लगायतका तरुण दल वडा समिति समेत गठन भएको क्षेत्रीय अध्यक्ष धनेशवर यादवले हिपमत डटकमलाई जनकारी दिएका हुन् ।

कार्यक्रममा तरुण दलका क्षेत्रीय अध्यक्ष धनेशवर यादवले नेपाली कांग्रेस जहिले पनि जनताको पक्षमा लडिरहने पार्टी रहेको दावी गरे । कार्यक्रममा विशिष्ठ अतिथि नेपाली कांग्रेसका क्षेत्रीय सभापति नागेश्वर भुरेर, अतिथीहरुमा प्रदेश सभापति अरूण कुमार सिंह, मिर्चैया नगर सभापति रमेश न्यौपाने , तरुण दलका क्षेत्रीय कोषाध्यक्ष जिवछ यादव, जिल्ला सदस्य अरबिन्द मण्डल, नगर अध्यक्ष बिलेक्षन यादव लगायतका नेता तथा कार्यकर्ता लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!