प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक गोटी चाल्न खप्पिस मानिन्छन् । उनले आइरन कट आइरनको शैली बेला बेलामा लागू गर्दै आएका छन् । विरोधीलाई काउन्टर दिन विरोधीलाई नै प्रयोग गर्छन् । यसपटक उनले मन्त्रिमण्डल पुर्नगठनमा त्यस्तै रणनीति देखाउने तयारी गरेका छन् ।

नेपाल कमयुनिस्ट पार्टीभित्र ओलीलाई सबैभन्दा ठुलो चुनौती दिनेमा माधवकुमार नेपाल देखिन्छन् । ओलीको सत्ता संकट पर्दा मुख्य चुनौती नेपाल नै थिए । बरु प्रचण्डलाई उनले थामथुम पार्न सकेका थिए । माधव तेस्रो अध्यक्ष दिन्छु भन्दा पनि मानेन् ।

यसपटक माधव नेपाललाई ओलीले कडा काउन्टर दिने रणनीति बनाएका छन् । त्यसका लागि नेपालको गृहजिल्ला रौतहटमा असजिलो बनाइदिने गरी प्रभु शाहलाई मन्त्री बनाउने तयारी भएको छ । शाह रौतहटमा निकै प्रभावशाली मानिन्छन् । उनी २ नम्बर प्रदेशमा विशेष जिम्मेवारी पाउनेमा पर्छन् । उनी प्रदेश २ नेकपा अध्यक्ष हुन् । यसले पनि नेपाल अप्ठ्यारोमा छन् ।

प्रभु शाहलाई मन्त्री बनाएर ओलीले माधव नेपाललाई झन् ठुलो चुनौती दिन खोजेका छन् । पूर्व माओवादी शाह ओली नजिक होइनन् । तर, विरोधीलाई विरोधी नै लगाएर साइजमा ल्याउन उनले कार्ड प्रयोग गर्न खोजेका छन् ।

ओलीले प्रचण्ड पक्षकै टोपबहादुर रायमाझीलाई पनि मन्त्री बनाउन चाहेका छन् । रायमाझीलाई मन्त्री बनाएर उनले प्रचण्डलाई अप्ठ्यारोमा पार्न खोजेका छन् । रायमाझी प्रचण्डबाट टाढिएका छन् । लेखराज भट्टलाई पनि सरकारमा निरन्तरता दिन खोजेका छन् । भट्ट पछिल्लो समय प्रचण्डको गुट त्यागेका स्थायी कमिटी सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!