खबर ठुलो छ

पेट दुख्यो भनेपछि बाबुआमाले १४ वर्षकी छोरीलाई अस्पताल पुर्‍याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेको भनेपछि अभिभावक छाँगाबाट खसेजस्तै भए । बालिकाले अस्पतालमै शिशु जन्माइन् । बुझ्दै जाँदा पत्ता लाग्यो, बालिकालाई बलात्कार गर्ने अरू कोही नभएर आफ्नै काका (२१ वर्ष) रहेछन् । सर्लाहीको उक्त परिवार पोखरामा दैनिक ज्याला मजदुरी गर्दै आएको थियो । दाजु–भाउजूकोमा बस्न आएका ती युवाले भतिजीलाई करणी गरेको खुलेको हो । बालिका कहिलेकाहीं विद्यालय जाने गरे पनि प्रायः बाबुआमासँगै मजदुरी गर्थिन् । प्रहरीका अनुसार गत मंसिरको पहिलो साता ती युवा पोखरा आएका थिए । पुस २ को राति साढे ९ बजेतिर कोठामा कोही नभएको मौका छोपेर काकाले भतिजीलाई जबर्जस्ती गरेको खुलेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले बताए । ‘करिब एक महिना बसेर काका सर्लाही नै फर्किएछन् । बालिकाले आफूमाथि भएको जबर्जस्तीबारे कसैलाई पनि भनिनछिन् । बाबुआमाले पनि थाहा पाएनछन्,’ उनले भने, ‘बालिकाको पेट बढेको खासै वास्ता नभएको र यसलाई लिएर कुनै शंका गर्ने कुरा पनि नभएको अभिभावकले बताएका छन् ।’

भदौ २८ मा बालिका पोखराकै एक अस्पतालमा सामान्य सुत्केरी भएकी थिइन् । बच्चा जन्मिएपछि मात्र घटना सार्वजनिक भएको हो । पीडित परिवारले गत भदौ २९ मा कास्की प्रहरीमा हाडनातामा जबर्जस्ती करणीसम्बन्धी उजुरी दिएको छ । आरोपित युवालाई कास्की प्रहरीले सर्लाही प्रहरीको समन्वयमा आइतबार पक्राउ गरेर ल्याएको छ । उनलाई हाडनाता करणी कसुरमा जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको हमालले बताए । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा ३ ‘ग’ अनुसार १४ देखि १६ वर्ष उमेर समूहकी बालिका बलात्कृत भएमा १२ देखि १४ वर्षसम्मको कैदको व्यवस्था छ । हाडनाताभित्र करणी गर्नेलाई थप ३ देखि ६ वर्षसम्मको कैद हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले बताए । बालिका र शिशुलाई पोखराकै एक संरक्षण केन्द्रमा राखिएको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

बुधबार, आश्विन २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • बुढीगण्डकी आयोजनाको ९ अर्ब पैंसा भ्रष्टाचार काण्डमा तपाई कस्को साथमा ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया