प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने माग गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले नयाँ गुरूयोजना खारेज गरेर पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरूयोजना बनाउनुपर्ने बताएका हुन् ।

‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै । यो गुरूयोजना नै हैन । यसलाई खारेज गरौं । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौं,’ थापाले ट्वीट गरेका छन् ।

थापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै ‘तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ लेखेका छन् ।

पछिल्लो समय गुरू योजनालाई लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!