खबर ठुलो छ

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको टिकट काउन्टरमै पुगेर लिनुपर्ने बाध्यता अन्त्य गर्दै विद्युतीय माध्यमबाट बुक गर्न मिल्ने सफ्टवेयर बनाएको छ । सफ्टवेयर निर्माणको काम सकिएको र असोजभित्रै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘सफ्टवेयर निर्माणको काम सकिएको छ । अब सबै यातायात कम्पनीलाई सफ्टवेयरसँग जोडेर टिकटमा डिजिटल प्रणाली सुरु गर्दै छौं,’ उनले भने । हाल सार्वजनिक यातायातको टिकटका लागि काउन्टरमै पुग्नुपर्ने अवस्था छ । दसैं–तिहारजस्तो यात्रुको चाप बढी हुने समयमा कृत्रिम टिकट अभाव गरी ठगी हुने गरेको छ । अनलाइन टिकटिङ प्रणाली लागू भएपछि यात्रुले यस्ता समस्या भोग्नु नपर्ने हमालले दाबी गरे ।

यसका लागि यातायात कम्पनीहरुले नै विभिन्न डिजिटल एपमा आबद्ध भएर अनलाइन टिकटको व्यवस्था गर्नुपर्नेछ । ती कम्पनीलाई सफ्टवेयरसँग जोडेर विभागले नियामकको रुपमा काम गर्नेछ । विभागले अनलाइन टिकटिङलाई व्यवस्थापन गर्न अनलाइन टिकट निर्देशिका पनि बनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

बुधबार, आश्विन २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया