मंगलबार, आश्विन २०, २०७७ || 1054  पटक पढिएको

साउथ फिल्मकी चर्चित एवं सुन्दर अभिनेत्री काजल अग्रवालले आफ्नो विहेको अनाउन्समेन्ट गरेकी छन् । अभिनेत्री काजलले मंगलबार (आज) आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् गौतम किचलुसँग ३० अक्टोवरमा विहे गर्दै गरेको जानकारी गराएकी हुन् ।

कोरोना महामारीका कारण परिवार तथा आफन्तहरुको उपस्थितिमा मुम्बईमा उनले विहे गर्न लागेकी हुन् । विहेपछि पनि आफूले आफ्नो दर्शकहरुलाई मनोरञ्जन दिइरहने बताएकी छन् । उनले आफ्नो दर्शकहरुलाई पनि निरन्तर साथ र सहयोगका लागि धन्यबाद दिएकी छन् ।

अभिनेत्री काजल साउथ फिल्म उद्योगकी सुपरस्टार हुन् । हिन्दी फिल्ममा पनि उनले आफ्नो अभिनयले सबैको मन जितिसकेकी छन् । अभिनेत्री काजल पछिल्लो १६ वर्षदेखि फिल्म उद्योगमा सक्रिय छन् ।

उनले फिल्म ‘क्यों हो गए ना’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनी लगातार साउथ फिल्ममा व्यस्त बनिन् । उनले अजय देवगनको फिल्म सिंघममा पनि काम गरेकी थिइन्, जहाँ दर्शकहरुले उनको अभियनको खुब तारिफ गरेका थिए ।

त्यस्तै, उनले स्पेशल २६, दो लोफ्जों की कहानीलगायत बलिउड फिल्ममा काम गरिसकेकी छन् । उनको अपकमिङ फिल्ममा तेलुगु र तमिलको साथमा बलिउड फिल्म मुम्बई सागा पनि सामेल छन् । त्यसोत, गौतम किचलु एक इन्टरप्रेनर हुन् । उनी डिस्सर्न लिभिङ डिलजाइन शपका फाउन्डर तथा एक इनटेरियर डिजाइनर हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!