राम प्रेम यादब

मंगलबार, आश्विन २०, २०७७ || 826  पटक पढिएको
प्रदेश २ को रौतहट जिल्ला गरुडा नगरपालिकाले नगरभित्रका सरकारी तथा संस्थागत विद्यालयहरु असोज २२ गते देखि संचालन गर्ने भएका छन् ।
विगत ६ महिना देखि बन्द रहेका विद्यालय कोविड सम्बन्धी सुरक्षाको मापदण्ड पुरा गरी विहिवार देखि संचालन हुने भएका छन् ।
आज नगर प्रमुख इन्नु रायको अध्यक्षतामा सरकारी तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरु बीच भएको बैठकले विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।
कोविड सुरक्षा सम्बन्धी मापदण्ड अपनाई एउटा कक्षामा मात्र २५ जना विद्यार्थीलाई मात्र अध्यापन गराउने निर्णय भएको छ । विद्यालय आउने विद्यार्थीलाई नगरपालिकाले एकचोटि माक्स, सेनिटाइजर र साबुन सहितका कोविड सुरक्षा सामग्री समेत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!