नेप्सेमा आज सप्ताहको तेस्रो दिन मंगलवार ४ अंक बढेर १५८६ मा बन्द भएको छ । २५१ करोडको टर्नअभर भएको आजको बजारमा हाइड्रो पावरको दबदबा बीच १०० करोड भन्दा माथीको टर्नअभर भएको छ ।

आजको बजार शुरुवात भए देखि बन्द हुँदा सम्म निरन्तर तलमाथी भएको देखिन्छ । बजारको शुरुवात १५८८ को गतीमा उकालो चढे पनि दिउँसो १२ बजे तिर १५८० मा तल झरेर फेरी १५८८ मा टच गरि सकेको थियो । दिउँसो १ बजे पश्चात लागातार ओरालो झर्दै बजार बन्द हुनु भन्दा केहि बेर अगाडी मात्र बढोत्तरी भएर १५८६ मा बन्द भएको छ ।

आज हाइड्रो पावरमा बुलिस ट्रेन्ड देखिएको छ र हाइड्रो पावर इन्डेक्स आज ५ प्रतिशत भन्दा माथी बन्द भएको छ । आज १ दर्जन भन्दा बढी हाइड्रो पावर कम्पनीमा सर्किट देखिएको छ । हाइड्रो पावरले आउने दिनमा के कस्तो रुप लिन्छ यो चासोको विषय बनेको जानकारहरुले बताएका छन् ।

१९५ कम्पनीहरुको सहभागिता भएको आजको बजारको ट्रेड शेयर ९१७६०२३ रहेको छ । आजको बजारमा कम्पनीहरुको सहभागीता बढेको देखिन्छ । आजको कारोबारमा ट्रेडिङ्ग, डिभलोपमेन्ट बैंक, हाइड्रो पावर, फाइनेन्स सहितका कारोबारमा बृद्धि भएको छ भने बैकिङ्ग, होटल, ननलाइफ इन्सोरेन्स, माइक्रोफाइनेन्स, लाइफ इन्सोरेन्स र मिच्वल फण्डको कारोबार घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!