हिपमत डटकम
काठमाडौं , २ माघ : गायिका आस्था राउत हक्की स्वभावकी छिन् । उनी कुनै पनि कुरामा बोल्न पछि हट्दिनन् । हालैमात्र, एक विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै उनले नेपाल प्रहरीप्रति आक्रोश पोखेकी छिन् । उनको आक्रोशले भरिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी हुन् । उनले भनेकी छिन्–‘मेरो हातमा कफी थियो । यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

उनले, प्रहरीका ठूला पोष्टमा बस्नेहरुलाई मात्र हजुर हजुर भनेर सम्बोधन गर्ने तर साधारण जनतालाई सम्मान नगर्ने बानी हटाउन नेपाल प्रहरीसँग आग्रह गरेकी छिन् । आस्थाले भिडियोमा भनेकी छिन्–‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो…दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’

उनले, प्रहरीको यूनिफर्म लगाएको भरमा सर्वसाधरणलाई धम्काउन नमिल्ने बताएकी छिन् । उनले भनिन्–‘प्रहरीको माथिल्लो पोष्टमा बस्नेहरुले सिपाही, हवल्दारलाई संकार दिनुहोला । हजुरहरुलाई मात्र होइन, अरुलाई पनि हजुर भन्ने सिकाउनुहोस् । ‘तँ’ भनेको हामी सहँदैनौ । घरकै बाबु आमाले त अहिलेसम्म ‘तँ’ भनेका छैनन् । सम्मान गर जनतालाई । तिमीहरुलाई सम्मान चाहिन्छ भने अरुलाई पनि सम्मान गर ।’

आक्रोशित शैलीमा उनले भनेकी छिन्–‘गल्तीविना कसैलाई तँ तँ भनेर सिकाउने काम नगर । नालिका किराहरुलाई कहिले सिकाउने हो ?

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!