मंगलबार, आश्विन २०, २०७७ || 1020  पटक पढिएको

सुनसरीको इनरुवा-७ वर्छवा चोक स्थितबाट दुई जना प्रतिबन्धीत लागुऔषध सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुनसरी हरिनगर-७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र सोही स्थानका अर्का १९ बर्षकै हरिशंकर सरदार रहेका छन । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज दिउसो साढे १२ बजे नियन्त्रणमा लिएको थियो ।

ज ८ प ५९३६ नम्बरको मोटरसाईकलमा आएका दुबै जना उपर चेकजाँच गर्दा उनिहरुले प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको DIALEX-DC ८९ बोतल, SPASMO PROXYVON ७६८ क्याप्सुल र Nitravet ४२० ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसरी लागुऔषध सहित प्रकाउ परेका उपेन्द्र र हरिशंकर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!