रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अं’गमा हा’नि पुर्याउन सक्छ। प्रेसर लो भएको महसुस भएमा के गर्ने ?
अपनाउनुस् यी घरेलु उपायहरु :-
नुनपानी खाने :- नुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ। प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ।
कफी :- ब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर सन्तुलनमा आउँछ। यदि सधैं प्रेसर लो भइरहन्छ भने हरेक बिहान एक कप कफी खाने गर्नुपर्छ । तर, कफीसँगै केही खानेकुरा खान भुल्नु हुँदैन।
किसमिस :- प्रेसर लो भएमा किसमिस खानु पनि लाभदायक हुन्छ । प्रेसर लो भइरहन्छ भने राति केही किसमिस भिजाएर भोलिपल्ट बिहान भिजेको किसमिस र त्यसको पानी खाने गर्नुपर्छ।
तुलसी :- तुलसीमा भिटामिन-सी, पोटासियम, म्याग्नेसियमजस्ता तत्व पाइन्छन्। प्रेसर लो भएमा १०-१५ वटा तुलसीका पत्ता जुसमा हालेर त्यसमा एक चम्चा मह हाली पिउने गर्नुपर्छ।