कतिपय मानिसहरुले अण्डालाई फ्रिजमा राख्ने गरेको छ । प्रायः सधै खाइरहनुपर्ने भएकाले हामी दैनिक अण्डा किन्नुपर्ने झन्झटबाट मुक्तिका लागि त्यसलाई फ्रिजमा स्टोर गरेर राख्ने गर्दछौँ । फ्रिजमा अण्डा राख्नाले त्यो फ्रेस हुन्छ भन्ने मान्यता रहदै आएको छ । तर हालैमा भएको अध्ययनले फ्रिजमा राखेको अण्डा प्रयोग नगर्न दाबी गरेको छ ।

चिसो मौसममा अण्डा खानु स्वास्थ्यका लागि एकदमै राम्रो र फाइदाजनक मानिन्छ । किनकि यसमा अधिक मात्रामा प्रोटिन, क्याल्सियम र ओमेगा ३ फ्याटी एसिड हुने गर्दछ । तर त्यहीँ अण्डालाई फ्रिजमा राख्नाले त्यो सबै नष्ट हुने गर्दछ ।

यसका साथै फिजमा राखेको अण्डा छिट्टै बिग्रने गर्दछ । यदि तपाई अण्डामा रहेका गुणहरु नष्ट नहुन भन्ने चाहनुहुन्छ भने अण्डालाई रुम टेम्पेरेचरमा नै राख्नु राम्रो मानिन्छ । दैनिक अण्डा खाने गर्नुभएको छ भने पनि धेरै दिनसम्म राखेको अण्डा नखानुहोस् । आवश्यकता परेको बेलामा अण्डा किनेर खानु नै राम्रो मानिन्छ ।

यो कुरा सही हो कि अण्डालाई फ्रिजमा राख्नाले त्यो फ्रेस रहने गर्दछन् तर त्यसबाट पौष्टिक तत्व पनि नष्ट हुने गर्दछ । यसका साथै त्यसको असली स्वाद पनि नष्ट हुने गर्दछ ।

फ्रिजमा अण्डा राख्नाले त्यसमाथि रहेको ब्याक्टेरिया बढ्न सक्छन् । यस्तोमा अण्डाको भित्र पनि ती ब्याक्टेरिया घुस्ने सम्भावना हुने गर्दछ । यसका साथै फ्रिजमा राखेका अन्य सामानहरुमा पनि उक्त ब्याक्टेरिया फैलने खत रा बढ्ने गर्दछ ।

यसरी तपाईको एउटा सानो भुलले तपाईको स्वास्थ्यसँग सम्झौता गरिरेहेको हुन्छ । जुन अण्डालाई तपाईले स्वास्थ्यवर्धक सम्झेर खाइरहनुभएको छ, त्यो नै बिमारी र तपाईको स्वास्थ्यका लागि ख तरा बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!