खबर ठुलो छ

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ । सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक ऱ्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताएका हुन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ५४ लाख नाघेको छ । डब्लूएचओले भने करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ । जनस्वास्थ्यविद्हरुले लामो समयदेखि अहिले पुष्टि भएको संख्याभन्दा निकै धेरै कोरोना भाइरसबाट संक्रमित भइसकेको हुन सक्ने बताएका छन् । डाक्टर ऱ्यानले विश्वको जनसंख्याको १० प्रतिशतमा कोरोना भाइरसको संक्रमण हुन सक्ने बताएका छन् । चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको १० महिना पूरा भइसके पनि यो नियन्त्रणभन्दा पनि झन तीव्र रुपमा फैलिरहेको छ । केही मुलुकमा प्रतिबन्ध खुकुलो बनाएसँगै कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको र पहिलेभन्दा अझ तीव्र रुपमा संक्रमण फैलिरहेको बताइएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र न्यूनीकरणका लागि विश्वका सबै मुलुकले ऐक्यबद्धता र सामूहिक नेतृत्व देखाउनुपर्ने डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले बताए । ‘सबै मुलुक कोरोना भाइरसबाट प्रभावित भएका छन् तर केही मुलुक अलि बढी नै प्रभावित भएका छन् । विश्वमा संक्रमण पुष्टि भएको संख्याको ७० प्रतिशत १० वटा मुलुकमा मात्रै रहेको छ भने कुल मृत्यु हुने संख्याको आधा संख्या तीन वटा देशमा मात्रै छ,’ उनले भने । विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण १० लाख ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसको करिब आधा संख्या अमेरिका, ब्राजिल र भारतमा रहेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म कोरोनाका कारण अमेरिकामा २ लाख १० हजार १ सय ८१, ब्राजिलमा एक लाख ४६ हजार ६ सय ७५ र भारतमा एक लाख २ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । एजेन्सी

मंगलबार, आश्विन २०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया