मंगलबार, आश्विन २०, २०७७ || 689  पटक पढिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) का पदाधिकारीले यसपल्टको प्रतियोगितामा सहभागी एक खेलाडीमाथि छानबिन सुरु गरेको छ । यूएईमा भइरहेको प्रतियोगिताका क्रममा ती खेलाडीलाई सट्टेबाजले सम्पर्क गर्न खोजेको अनुमान गरिएको छ । भारतीय क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी एकाइका प्रमुख अजित सिंहले यसबारे पुष्टि गरेका छन्, तर उनले खेलाडी र तिनले खेल्ने फ्रान्चाइज टिमको नाम भने भनेको छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय कोही सट्टेबाजले सम्पर्क गर्न खोजेमा ती खेलाडीले तुरुन्तै यसबारे जानकारी दिनुपर्ने हुन्छ ।जानकारी दिन असफल रहे प्रतिबन्ध सजायको भागीदार हुनुपर्नेछ । गत वर्ष बंगलादेशका कप्तान सकिब अल हसनलाई यस्तै आरोपमा दुई वर्षको प्रतिबन्ध लगाइएको थियो । त्यसमध्ये एक वर्ष निलम्बनको स्थिति रहेको छ । उनले पनि सट्टेबाजको सम्पर्कमा आएयता त्यसबारे जानकारी दिएका थिएनन् । सन् २०१३ को आईपीएल संस्करण पनि खेल मिलेमतोको काण्डको कारण विवादमा फसेको थियो । यसैक्रममा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सलाई दुई वर्षको प्रतिबन्ध लगाइएको थियो । आईपीएस यसअघि पनि खेल मिलेमतोको विवादमा फस्ने गरेको छ । सिंहले यसपल्टको प्रतियोगिता यूएईमा हुने र त्यस क्रममा कोरोना भाइरस संक्रमणलाई रोक्न कडा नियम पालन गरिने हुनाले सट्टेबाजलाई खेलाडीको सम्पर्कमा आउनबाट रोक्न गाह्रो हुने बताएका थिए । यसपल्टको प्रतियोगिता दुबई, अबुधाबी र शारजहाँ गरेर तीन सहरमा भइरहेको छ र खेलाडी कोभिड–१९ को संक्रमणबाट बच्नका लागि कडा नियमबाट गुज्रिरहेका छन् । भारतमा कोरोना भाइरस संक्रमणको महामारी रोकिने छाँट नदेखिएपछि पूरा प्रतियोगितालाई नै त्यहाँबाट यूएईमा सारिएको थियो । कोभिड–१९ को संक्रमणबाट बच्नका लागि यूएईको आफ्नै कडा नियम रहेको छ । भारतमा शनिबारसम्म संक्रमणबाट मर्नेको संख्या एक लाख पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!