प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई सन्देश पठाएका छन् । नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी,परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सोफी विल्मेसप्रति बधाई ज्ञापन गर्दै उनको कार्यकालमा द्विपक्षीय व्यापार–लगानीसहित नेपाल–बेल्जियम सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!