प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्तावमा २ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । यस्तै नाम लुम्बिनी फेर्ने सम्बन्धमा एउटा संशोधन प्रस्ताव पेस भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले बताए । नेपाली कांग्रेसकी सांसद पुष्पा थरुनीले अस्थायी मुकाम रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने संशोधन प्रस्ताव दर्ता गरेकी छन् । उनी नेपाली कांग्रेसको रुपन्देहीबाट समानुपातिक सदस्य हुन् । यस्तै कांग्रेसकै सांसद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न वैकल्पिक प्रस्ताव दर्ता गराएकी छन् । उनले पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीच भागमा राजधानी तोक्नुपर्ने प्रस्ताव गरेकी छन् । उनी पनि रुपन्देहीबाट समानुपातिक सदस्य हुन् । यसअघि सोमबार नामकरणसम्बन्धी संशोधन प्रस्ताव दर्ता भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । जसमा जनता समाजवादी पाटीैका संसदीय दलका नेता सहसराम यादव र पुर्मती ढेंगा मगरले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएको प्रदेश सभाका सूचना अधिकारी दिनेश अधिकारीले बताए । प्रदेशसभा सचिवालयका अनुसार बिहान साढे आठ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका तर्फबाट प्रदेशको नाम थारुहट–अवध–मगरात नामाकरण गर्न माग गर्दै संशोधन दर्ता भएको छ । प्रदेशसभामा संशोधन दर्ता गर्ने समय बिहान साढे १० बजे सकिएको छ । मंगलबार दिउँसो १२ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा मंगलबार प्रदेशसभामा मतदान हुँदैछ ।

८७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा नेकपाका मात्र ६१ सदस्य छन् । तीमध्ये सभामुखबाहेक ६० सदस्यले मतदान गर्नेछन् । नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ । सरकारको प्रस्ताव पारित हुन ५८ मत आवश्यक पर्नेछ । त्यस्तै प्रदेशसभामा कांग्रेसका १९, जनता समाजवादी पार्टी नेपालका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!