मंगलबार, आश्विन २०, २०७७ || 583  पटक पढिएको

नेपालको एउटै मात्र पुरानो केन्द्रीय रिफरल सेन्टर वीर अस्पताल यतिबेला कोरोना अस्पतालमा परिणत भएको छ । वीरलाई कोरोना अस्पताल बनाएसँगै नेपालमा आर्थिक अवस्था कमजोर भएका बिरामीहरूका लागि ठूलो मार परेको छ । यति बेला कोरोनाबाहेकका अन्य बिरामीलाई सरकारी अस्पतालहरूले भर्ना लिन नमान्दा कतिपय दुर्गम भेगमा मानिसको ज्यानै समेत गएको छ ।

यस्तो परिस्थितिमा राज्यले वीर अस्पतालजस्ता निकायलाई सर्वसुलभ बनाउनुपर्ने माग आइरहेका बेला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले परीक्षण शुल्क वृद्धि गरी यही असोज १६ गतेदेखि लागू गरेको छ ।

न्याम्स स्वायत्त संस्था भएकाले न्याम्सको कार्यकारी परिषद्को १२६औं बैठकले असोज १६ गतेबाट लागू हुने गरी न्यूनतम शुल्क वृद्धि गरिएको वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीको भनाइ छ । उनले लामो समयदेखि शुल्क वृद्धिका विषयमा छलफल भई कार्यकारी परिषद्को बैठकले कार्यान्वयन गर्ने भन्ने निर्णय गरेको बताए ।

न्याम्स स्वायत्त संस्था भनिए पनि दरबन्दीका कर्मचारी, चिकित्सकको तलबलगायत अस्पतालका लागि आवश्यक उपकरण खरिदमा समेत सरकारले नै शुल्क निकासा गर्दै आएको अवस्थामा सरकार अर्थात् स्वास्थ्य मन्त्रालयको समेत परामर्श नलिई वीर अस्पतालको शुल्क वृद्धि गर्नु न्यायोचित नभएको उपभोक्ता हित संरक्षण मञ्चले जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!