मंगलबार, आश्विन २०, २०७७ || 812  पटक पढिएको

कगिसो रबाडाले उत्कृष्ट बलिङ गर्दा दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा दिल्लीले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा आफूलाई पुगाउन सफल भएको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले जितका लागि दिएको १९७ रनको लक्ष्य पछएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३७ रन बनायो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै वासिन्टन सुन्दरले १७ रन बनाउँदा अरोन फिन्च १३, नवदिप शैनी १२, मोहिन अली र सुभम डुबेले समान ११ रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि कगिसो रबाडाले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चदै ४ विकेट लिन सफल भए । त्यस्तै आरिच नोर्टेज र अक्षर पटेलले समान दुई–दुई विकेट लिँदा रविचन्द्र आश्विनले एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै बैंगलोरलाई १९७ रनको लक्ष्य दिएको थियो । दिल्लीका लागि स्टोइनिस अर्धशतकीय पारी खेले । २६ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । त्यस्तै पृथ्वि शले ४२ रन बनाउँदा रिषभ पन्त ३७, शिखर धावन ३२ तथा कप्तान श्रेयस यैरले ११ रनको योगदान गरे ।

बलिङतर्फ बैंगलोरका लागि मोहम्द सिराजले दुई विकेट लिए । त्यस्तै इसुरु उडान र मोइन अलीले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै दिल्लीले पाँच खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा आफूलाई उभ्याएको छ । पराजित बैंगलोर पाँच खेलबाट ६ अंकसँगै तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!