गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताएका छन् । विश्वको तुलनामा नेपालमा बलात्कार र महिलाहिंसाको अवस्था चिन्ताजनक छैन भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको भन्दै प्रष्टिकरण दिएका हुन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा मन्त्री थापाले अन्य देशहरूको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अब देखि सजगता अपनाउने बताए ।

बलात्कारबारे गृहमन्त्री भन्छन्– ‘चिन्तित हुनुपर्दैन’
थापाले गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विश्वका सवा दुई सय बढी मुलुकको तथ्याङ्क विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताएका थिए । उनले नेपालमा प्रतिदिन ६-७ वटा बलात्कारका घटना हुने गरेको तथ्यांक प्रस्तुत गरेका थिए । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले मन्त्री थापाको यसअघिको अभिव्यक्तिको आलोचना गरेका थिए । सांसदहरूले आलोचना गरेपछि थापाले आगामी दिनमा अभिव्यक्ति दिँदा सजगता अपनाउने बताएका हुन्। समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताए । विगत वर्षहरूको तथ्यांक हेर्दा यो वर्ष बलात्कारका घटना बढ्नसक्ने उनले बताए । सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनीकरणका लागि शून्य सहनशीलताको नीति अपनाएर अघि बढेको उनको भनाइ थियो । सांसद उदया शर्मा पौडेलले प्रतिदिन ७ जना महिलाको बलात्कार हुँदा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताइन् । सांसद रामलखन चमारले पीडितले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिन् । पीडित महिला आफैँ उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन अस्वीकार गरेका घटना सार्वजनिक भएकाले छानबिन गरी कडा कारबाही गर्न उनले आग्रह गरिन् । गृहमन्त्री थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताए । पछिल्लो समय मुलुकका विभिन्न भागमा महिलामाथि हुने हिंसाका घटना बढिरहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!