महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाका सिकिस्त विरामीले प्रयोग गर्ने स्वास्थ्य सामग्री निर्माण गरेको छ । सिकिस्त विरामी भएर आईसीयूमा रहने संक्रमितले प्रयोग गर्ने ‘आइसोलेसन हुड’ निर्माण गरिएको केन्द्रका संस्थापक पुनले बताए । आइसोलेसन हुडको प्रयोगले कोरोना संक्रमितलाई श्वासप्रश्वासमा सहज हुने चिकित्सकहरूले बताएका छन् ।

प्लास्टिक र पाइपको प्रयोगबाट बनाइएको आइसोलेसन हुड’ मा बाहिरबाट हावा नछिर्ने गरी सुरक्षित गरिएको पुनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरू सार्वजनिक गर्दै उनले लेखेका छन्,‘आइसोलेसन हुड भेन्टिलेटरमा जोड्यो भने बिरामीलाई सास फेर्न धेरै सहज हुने रहेछ र बिरामीको वरिपरी बस्नेहरु पनि सुरक्षित हुने रहेछन । यस्ता हुडहरु धेरै संख्यामा आविष्कार केन्द्रमा बनाएर वितरण गरिनेछ । पाटन अस्पतालका चिकित्सकले चीनबाट ल्याएको एउटा हुडको नमूना दिएपछि केन्द्रले निर्माण थालेको उनले जानकारी दिएका छन् । चीनबाट १८ हजार रूपैयाँ प्रति हुडमा खरिद गरिएको आइसोलेसन हुड आविष्कार केन्द्रमा ३ हजार रुपैंयामा निर्माण भएको उनले बताएका छन्। अब धेरै संख्यामा आइसोलेसन हुड निर्माण गरी आईसीयूमा रहेका संक्रमितलाई उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!