बिहिबार, माघ ०२, २०७६ || 1496  पटक पढिएको

 

हिपमतडटकम, विराटनगर ,२ माघ ः सिद्धबाबा विरुद्धको परेको बलात्कार आरोप सम्बन्धी मुद्दाको सुनुवाई सरेको छ । पीडित पक्षकै निवेदनका आधारमा मुद्दाको सुनुवाई आगामि बिहीबार हुने छ । उच्च अदालत विराटनगरमा सिद्धबाबा विरुद्धको परेको बलात्कार आरोप सम्बन्धी मुद्दाको सुनुवाइ आ अर्थात विहिबार हुने बताईएको थियो । फैजदारी संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्ने गरेको छ ।
सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक पहिलो साता एक महिला अनुयायीले बलात्कार गरेको आरोप सहित किटानी जाहेरी हालेकि थिईन । त्यसपछी बाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दा चलाएको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई गत पुस १४ गते तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो । यही मुद्दा उच्चमा पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!