सोमबार, आश्विन १९, २०७७ || 775  पटक पढिएको

पछिल्लाे समय निकै नराम्राे घटनाहरु दैनिक रुपमा घटिरहेका छन् । कुनै कुनै त लाजमर्दाे बिषय नै बनेकाे हुन्छ । त्यस्तै, सल्यानको खलंगा र श्रीनगरमा पर्ने जङ्गलमा एक बालक बेवा रिसे अवस्थामा फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित माझी पौवाको छहारा नजिक सालघारीमा सोमबार बिहान मर्निङवाकमा निस्केका स्थानीयले बालकलाई फेला पारेपछि जिल्ला प्रहरी कार्यालय सल्यान र नगरपालिका प्रमुख सुरेश अधिकारीलाई खबर गरेका थिए ।

बालकको उमेर करिब १ वर्षजतिको रहेको अनुमान । बालक भेटिएको स्थाननजिकै बालकको कपडा र एउटा झोलासमेत फेला

अहिले ती बालकलाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा जिल्ला अस्पताल खलंगामा लगिएको सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिएका छ्न् । बालकको उमेर करिब १ वर्षजतिको रहेको अनुमान गतिएको छ । बालक भेटिएको स्थाननजिकै बालकको कपडा र एउटा झोलासमेत फेला परेको प्रहरीले बताएको छ ।

कुनै आमाले छाडेर गएको हुनसक्ने भन्दै खोजी र अनुसन्धान सुरु

बालकलाई राति नै जङ्गलमा छाडेर आमाचाहिँ गएको हुनसक्ने अनुमान गरिएको छ । श्रीनगरका स्थानीयहरुले मर्निङवार्क गएको समयमा उक्त बेबा रिसे बालकलाई रोइराखेको अवस्थामा फेला पारेका थिए । कुनै आमाले छाडेर गएको हुनसक्ने भन्दै खोजी र अनुसन्धान समेत सुरु गरिएको डिएसपी थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!