बिहिबार, माघ ०२, २०७६ || 1179  पटक पढिएको

हिपमत डटकम विराटनगर,माघ २ ,
पथरी शनिश्चरे, २ माघ, मोरङको पथरी शनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन थालेको मेचीकाली मोटरसाइकल यात्राको आज समापन कार्यक्रम भएको छ ।
पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले पुस १७ गते मेचीपुलबाट थालेको यात्रा महाकाली पुगेर १४ दिनमा नगर फर्किएपछि उहाँहरुलाई नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । आफ्नै नगरको प्रमुख पर्यटकीयस्थल शान्तिभूल्के सिमसार क्षेत्रहुँदै उहाँहरुले मेचीबाट महाकालीसम्मको गरी २ हजार ४ सय १३ किलोमिटर यात्रा गर्नु भएको थियो ।
नगरपालिकामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख दिलीपकुमार राईले उहाँहरुको पर्यटन प्रवद्र्धनको अभियानप्रति धन्यवाद ज्ञापन गर्नुभयो । मोटरसाइकलयात्रीको तर्फबाट नगर प्रमुख राई र उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत नगरपालिका कार्यालयलाई यात्रामा रहेको अवस्थाको कर्णाली पुलको फ्रेमिङ तस्वीर मायाको चिनो स्वरुप हस्तान्तरण गरिएको छ ।
उता, ९ नम्वर वडाध्यक्ष भानुभक्त राई सहितको वडा कार्यालयप्रति पनि आभार व्यक्त गर्दै उहाँहरुले मायाको चिनो प्रदान गर्नुभयो ।
यात्रामा नगरपालिका कार्यालय, १, ४ र ९ नम्वर वडा कार्यालय तथा सामुदायिक वनले केही आर्थिक सहयोग पुर्याएको थियो ।
यात्रीमध्येका अधिकारीले अन्यत्रको पर्यटकीय अवस्था नियाल्दा पथरी शनिश्चरे नगर पनि देशमा पर्यटक भित्र्याउने महत्वपूर्ण रमणीयस्थल भएको र यसको व्यवस्थापनमा जोड दिनुपर्ने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!