नेपाली काँग्रेस विराटनगर समीतीले अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाव दिएको छ ।आईतबार विराटनगरको स्थानीय देवकोटा चौकमा भेला भएका काग्रेस कार्यकर्ताले डा. केसीकामाग संम्बोधन गर्न सरकारलाई आग्रह गरेका थिए ।

महानगरसमीतीका कार्यवाहक सभापती अरुण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर काग्रेसका सचिब प्रकाश दाहाल, निरज कोइराला नेताहरु शेषराज राजवंशी , कृष्ण कार्की , पंकज बर्मा , नारायणबाबु कार्की ,केदार घिमिरे ,बद्रि थापा ,सन्तोस न्यौपाने , देवचन्द्र घिमिरे , , सुभाष कामत , निश्चल अर्याल , लगायतको सहभागीता थियो ।

नेताहरुले डा. केसिको माग सरकारले संम्बोधन गरे सबै नेपालीलाई फाईदा हुने दावी गरेका थिए । चिकीत्सा क्षेत्र सुधारको माग राख्दै अनशन बसिरहेका केसीले दुर्गम क्षेत्रमा मेडिकल कलेज खोल्नु पर्ने , गरिब विपन्नहरुले निशुल्क रुपमा मेडिकल शिक्षा पढ्न पाउनुपर्ने , स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउनु पर्ने लगायतका माग राखेका थिए । डा. केसि अनसन बसेको आज २१ दिन हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!