बन्दाबन्दी भए तापनी एक वर्षका अवधि भित्र जिल्ला अदालत मोरङले ४३ दशमलव छ प्रतिशत मुद्दा फछ्र्याेट गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा तीन हजार आठ नयाँ मुद्दा दर्ता भएको थियो । आव २०७५/७६ देखि जिम्मेवारी सरी आएका दुई हजार ३३ मुद्दा गरी पाँच हजार ४१ मुद्दामध्ये अदालतले दुई हजार ३५१ मुद्दा फछ्र्याेट गरेको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । फछ्र्याेट भएका मुद्दा जिम्मेवारी सरी आएका मुद्दामध्ये ६० दशमलव तीन प्रतिशत र नयाँ दर्ता तीन हजार आठमध्ये एक हजार ५०० मुद्दा फछ्र्याेट लक्ष्य रहेकामा एक हजार १२५ मुद्दा फछ्र्याेट भई ७४ दशमलव आठ प्रतिशत फछ्र्याेट भएको जनाइएको छ । गत आवमा फछ्र्याेट भएका दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाह, सम्बन्धबिच्छेद, मातृत्व वा पितृत्व, अंशवण्डा, अपुताली र सम्पत्तिसम्बन्धी छन् । करार तथा अन्य दायित्व, भूमि र विविध देवानी पनि छन् । यसैगरी सरकारवादी देवानी, हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ, भेदभाव तथा अपमानजन्य व्यवहार, विवाह, ज्यान, कुटपिट वा अङ्भंग आदिसम्बन्धी फछ्र्याेट भएका छन् । सो अवधिमा अदालतले आठ तीन लाख ९० हजार जरिवाना असूल गरी ७०७ वर्ष सात महिना २७ दिन कैद भुक्तान गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!