कोरोना संक्रमित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेरील्याण्डको वाल्टर रिड अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार हल्का ज्वारो र श्वास लिन समस्या देखिए पनि शनिबार भने उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

डाक्टरहरुले ट्रम्पको उपचारमा प्रयोगात्मक एन्टीबडी औषधी प्रयोग गरिरहेका छन् । यो हाल अन्य बिरामीहरुका लागि उपलब्ध छैन । यसलाई एन्टीबडी कक्टेल ड्रग भनिएका छ । REGN-COV2 नाम दिइएको उक्त औषधीको ८ ग्रामको एक डोज दिइएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

REGN-COV2 औषधी अमेरिकी कम्पनी रीजेनेरनले तयार गरेको छ । यसको परीक्षण लण्डनमा भइरहेको छ । कम्पनीको दाबीअनुसार परीक्षणको नतिजा सकारात्मक देखिएको छ । यो औषधीलाई मुसा र कोरोनाबाट संक्रमणमुक्त भएका बिरामीहरुको एन्टीबडी प्रयोग गरेर तयार गरिएको हो । कम्पनीको दाबी छ, दुवै एन्टीबडी मिलेर कोरोनालाई निश्क्रिय गर्न मद्दत गर्छ । यो औषधी कति असरदार छ भन्ने आधिकारिक रुपमा परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

उता, डेली मेलले भने यो प्रयोगात्मक एन्टीबडी प्रयोग गरिएका दुई संक्रमितमा भने साइडइफेक्ट देखिएको थियो । तर, अमेरिकी कम्पनीले यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन । दुवैलाई यो औषधीको काम डोज दिइएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पीटर हर्बीले भने यो ओषधी सुरक्षित भएको दाबी गरे । एक डोजले बिरामीलाई ६ हप्तासम्म सुरक्षा दिने बाइएको छ । यो प्रकारको कृत्रिम एन्टीबडी हो । दुई प्रकारको एन्टीबडीले कोरोनालाई शरीरमा प्रवेश गर्न र संख्या बढाउनबाट रोक्ने उनले जानकारी दिए । यसले भाइरसलाई खत्तम गर्न शरीरको प्रतिरोधी क्षमतालाई मद्दत गछ ।

प्राध्यापक पीटरका अनुसार यो औषधी ५ सय जना संक्रमितलाई दिइएको र हालसम्म सुरक्षाको कुनै समस्या नआएको उनले बताए ।

यसको अलावा ट्रम्पको उपचारमा रेम्डेसिभिर, जिंक, भिटामिन डी, फेमोटिडिन, मेलाटोनिन र एस्प्रीन दिइएको छ । यी औषधीहरुको संमिश्रणले ट्रम्प चाँडै ठीक हुने डाक्टरहरुको विश्वास छ ।

रातोपाटी बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!